चैत २८, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज
बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा
मौसम मुख्यतया सफा रहने छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश र
गण्डकी प्रदेशको
पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना र देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का
हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी
आज राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी
भूभागका एक–दुई
स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता