असोज २१, काठमाडौँ । नेपालमा अहिले बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहीरहेको छ। यसको प्रभावले हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही यी तीन प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेश र मधेस प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति भने गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता