असार ७, काठमाडौँ
। अहिले देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र
पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका साथै पश्चिमी नेपालमा निम्न चापीय
क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेसप्रदेश सहित बागमती प्रदेश र कोशी प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही भने देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ । साथै आज बिहानै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा पनि भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहला। बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज बिहिबार राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता