Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज चार प्रदेशमा भारी र अती भारी वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १३ असार २०८१, बिहिबार

असार १३, काठमाडौँ । देशभरका सबै स्थानमा अहिले मनसुनी वायुको प्रभाव  रहेको छ। यसको प्रभावले अहिले बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको भने अन्य स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।

आज बिहिबार दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभरका विबिन्न स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका  एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाले धेरै भारी तथा भारि वर्षाको सम्बावना रहेको क्षेत्रमा हुन सक्ने बाढी, गेग्रान बहाव, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप