Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसमविद्हरूका अनुसार बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना मौसमविद्हरूले देखाएका छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार बंगालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर एकोहोरिएकाले देशभर उच्च वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरेको छैन। तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको जानकारी दिएका छन । यसका साथै अतिरिक्त उपल्लो वायमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ।

पोखरेलका अनुसार अहिलेको प्रणाली नेपालमा मात्रै पानी पार्न आएजस्तो देखिएको छ। त्यसकारण भोली बिहीबारदेखि आइतबारसम्मै चनाखो हुनुपर्ने देखिन्छ । यो प्रणालीको विशेषता भनेको यसले छिटोछिटो गति लिइरहेको छैन र छिटो गति नलिँदा यो प्रणाली केही समय रहन सक्ने देखिन्छ।

अहिले दसैंको समय र बिदाको समय सुरु हुन लागेकोले  मानिसहरू घुमफिरमा निस्कने र बालीनाली भित्र्याउने पनि बेला भइसकेकोले अति नै सचेत हुनुपर्ने देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप