Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना, ३४ जिल्लामा रेड अलर्ट जारी

  •   २ वर्ष अघि | १७ असार २०८१, सोमवार

१७ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जनाएको छ । विशेष बुलेटिन जारी गर्दै विभागले लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

त्यस्तै २६ जिल्लामा भने मध्यम जोखिमको सम्भावनालाई संकेत गर्दै यलो अलर्ट जारी गरिएको छ ।

यलो अलर्टले मध्यम जोखिम र रेड अलर्टले अति जोखिमको संकेत गर्दछन् ।

विभागले अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशबाट पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, मोरङ, सुनसरी,झापा, इलाम, धनकुटा, खोटाङ, भोजपु्र, ओखलढुंगा र सोलुखुम्बु छन् ।

त्यस्तै बागमती प्रदेशबाट चितवन, मकवानपुर, दोलखा र सिन्धुपाल्चोक जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

गण्डकी प्रदेशबाट बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, लमजुङ र तनहुँ जिल्लामा रेड अलर्ट जारी भएको छ ।

अर्को तर्फ लुम्बिनी प्रदेशबाट रुपन्देही,कपिलवस्तु, अर्घाखाँची, पाल्पा, प्युठान, गुल्मी, रोल्पा, नवलपरासी पश्चिम र रुकुम पूर्व रेड अलर्ट जोनमा परेका छन

रेड अर्लट जारी भएको जिल्लाहरुमा अति जोखिमको संकेत प्रादन गरिएको छ  ।

विभागका अनुसार नेपालको दक्षिण भूभाग आसपास रहने मनसुन आगामी केही दिन थप सक्रिय हुने सम्भावना रहेको छ । यसको कारण असार १७ गतेदेखि २० गतेसम्म सतर्कताको सूचना जारी गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप