Breaking News
सकियो ‘छक्कापञ्जा ५’को छायाङ्कन    ||     दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या बढ्दै    ||     ५९.६८ अंकले बढेको बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ    ||     नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||    

नेप्से सामान्य घट्दा फाइनान्स उपसमूह भने बृद्धी

  •   ४ हप्ता अघि | ९ असार २०८१, आइतवार

असार ९, काठमाडौँ । नेप्से परिसूचक आइतबार साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ५.३७ अंक(०.२५ प्रतिशत)ले घटेर २०६२.९४ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बृद्धी भएको छ। बजारमा यस दिन ३१७ स्टकको ६१ हजार ५१३ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको ९५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल फाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनी रहेका छन । यस दिन सर्वाधिक ६.५८ प्रतिशत ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य घटेको छ।

पोखरा फाइनान्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको आज १७ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढ्दा १० उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक ५.४९ प्रतिशतले फाइनान्स उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक १.२३ लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप