साउन २१,
काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर
अघि बढ्नुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्
।
आज बुधबार
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले संसद्ले नै पास गरेर
कानुन बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन
कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताएका हुन् ।
उनका अनुसार
नयाँ व्यवस्था सदनबाट पास हुँदा उनलाई पनि जानकारी थिएन ।
- न्युज बहार संवाददाता