Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज काठमाडौँका यि स्थानमा चार घन्टा बिजुली अवरुद्ध हुने

  •   ३ वर्ष अघि | १९ फाल्गुन २०८०, शनिबार

फागुन १९, काठमाडौँ । आज शनिबार काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरुमा चार घन्टा बिजुली अवरुद्ध हुने  प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र अन्तर्गत हेपाली फिडर र गणेशथान फिडर तथा जोरपाटी वितरणक केन्द्रको साँखु र डाँछी फिडरमा पर्ने विभिन्न स्थानमा आज बत्ती जाने छ।

प्राधिकरणले जुलीको भूमिगत प्रसारण लाइनको काम गर्न, पोल सिफ्टिङ लगायतका कामका लागि ती क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने जानकारी गराएको छ।

महाराजगन्ज वितरण केन्द्रे अन्तर्गत पर्ने देउराली जनता , हेपाली हाइट, कुवर कोलनी , धापासी हाइट, कृष्ण मन्दिर हुदै इशान हस्पिटल, ग्रीनल्याण्ड चोक, भंगाल, हात्तीगौडा, मनकामना टोल क्षेत्रहरुमा बिजुली काटिने छ।

त्यसैगरी प्राधिकरणका अनुसार आज नै जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने ब्रम्हखेल, नयापाटी, ब्रम्हखेल,इन्द्रायेनी, साँखु, नांगलेभरे गागलफेदी आलापोट, जर्शिंग पौवा, तिवारी टोल, मुलपानी, दक्षिणणढोका, बाबाचोक लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने छ।

  • न्युज बहार संवाददाता

थप