Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

  •   ३ वर्ष अघि | ७ फाल्गुन २०८०, सोमवार

फागुन ७, काठमाडौँ । आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्रको स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई सरकारले यस वर्ष थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय घोषणा गरेको छ । सरकारले आज प्रजातन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा समेत दिएको छ । 

आज प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा रहेको सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहने जनाइएको छ । 

आजको उक्त कार्यक्रमको अवसरमा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने र हेलिकोप्टरबाट नेपाली सैनिक मञ्च, टुँडिखेलमा पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । 

  • न्युज बहार संवाददाता

थप