फागुन २६, काठमाडौँ
। आज ७१ औं मिस वर्ल्डको फिनाले आयोजना हुन गइरहेको छ । छिमेकी मुलुक भारतको
मुम्बईमा नेपाली समयानुसार बेलुका आज ७ बजेर ४५ बजेदेखिफिनाले सुरु हुने छ । नेपालसहित
११५ मुलुकका सुन्दरीले आज मिस वर्ल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबाट
प्रियंकारानी जोशीले मुम्बई सहरको जियो कन्भेन्सन सेन्टरमा हुने फिनालेमा सहभागिता
जनाएकी छन् । नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधाको एसियाली विजेताको रुपमा उत्कृष्ट
४० मा यसअघिनै प्रवेश गरिसकेको छ ।
- न्युज बहार संवाददाता