Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिशूलीमा ट्याक्सी खस्दा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत, एक जना अझै बेपत्ता

  •   ३ वर्ष अघि | १७ चैत्र २०८०, शनिबार

चैत १७, काठमाडौँ । आज बिहान त्रिशूलीमा ट्याक्सी खस्दा भएको दुर्घटनामा मृत्यु भएको पाँचै जनाको सनाखत भएको छ । आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकै काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा ट्याक्सीमा सवार पाँच जनाको मृत्यु भएको थियो भने एक जना भने अझै बेपत्ता रहेको छन ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोरखा नगरपालिका-४ फिनाम की हरिमाया रोका,  जुनकुरी रोका,  याङ्कोटककी अन्जना रोका, आगमन उपरकोटी र चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल छन् ।

गोरखाकै फिनामका विवश रोका भने दुर्घटनामा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका उनको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जनाएका छन ।

रिमालका अनुसार अन्य दुई गाडी मुग्लिन आइपुगी धेरैबेर कुर्दा अर्को गाडी नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको र प्रहरीले खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको र त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको थियो ।

थप