Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुस्मा लामा हत्या आरोप पक्राउ परेका आरोपीलाई प्रहरी गर्यो सार्वजनिक, प्रेम प्रस्ताव अस्विकार गरेकोले हत्या गरिएको खुलासा

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । प्रहरीले सुस्मा लामाको हत्यामा संलग्न आरोपीलाई आज सार्वजनिक गरेको छ । २१ वर्षीय रुपेन्द्र लामालाई काठमाडौँस्थित तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुस्माको हत्या आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार राति पक्राउ गरेको थियो ।

१८ वर्षीया सुस्मा लामा १२ कक्षामा अध्ययनरत विर्धाथीलाई हत्या गरेर गाडेको अवस्थामा मा प्रहरीले फागुन २५ गते शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो भने यस  हत्यामा आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय रहेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आरोपी रुपेन्द्र लामाले सुस्मालाई पटक पटक प्रेम प्रस्ताव राख्दा सुस्माले अस्वीकार गरेपछि सुस्माको हत्या गरेका हुन ।

  • न्युज बहार संवाददाता

थप