Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछानेलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेश

  •   १ वर्ष अघि | २७ साउन २०८२, सोमवार

साउन २६, बुटवल । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ ।

आज जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्ने आदेश जारी गरेको हो ।

गत चैत २५ देखि लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा रुपन्देही कारागारमा रहेका छन् ।

यही साउन १९ गते सोमबार जिल्ला अदालत रुपन्देहीमा लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क राखी आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै निवेदन दिएका थिए ।

उक्त निवेदन आज सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो ।

  • न्युज बहार संवाददाता

थप