भदौ २४, काठमाडौँ । मंगलबार दिउँसो जेनजी
आन्दोलनकारीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन्।
जेनजीका आन्दोलनकारीहरू आज बिहानैदेखि आक्रामक रूपले प्रदर्शन गरिरहेका
छन, सोही क्रममा उनीहरूले अहिले सिंहदरबारको मुख्य गेट तोडेर प्रवेश गरेका छन।
हाल काठमाडौँसहित देशका विभिन्न प्रमुख
शहरहरूमा प्रदर्शनहरू भइरहेका छन्। आजको
प्रदर्शनमा प्रदर्शनकारीहरूले
शीर्ष नेताहरूको निवास, प्रहरी कार्यालयहरू
र राजनीतिक दलका कार्यालयहरू मा ढुंगामुढा गरिरहेका छन्।
- न्युज बहार संवाददाता