Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कपिलवस्तुमा यात्रु बाहक दुर्घटना, १० जनाको मृत्यु ३० जना घाइते

  •   ३ वर्ष अघि | ३ फाल्गुन २०८०, बिहिबार

फागुन ३, काठमाडौँ । कपिलवस्तुमा यात्रु बाहक  दुर्घटना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना भएको हो । बस दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गर्दा दुर्घटनामा परेको हो । 

सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको सुनौलो महाकाली यातायातले संचालन गरेको बस बाटोबाट २ सय मिटर तल खसेको छ जिल्ला प्रहरी कार्यालय जनाएको छ।

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनाबाट ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।  

  • न्युज बहार संवाददाता

थप