Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली लघु चलचित्र ‘रिहाना’ दक्षिण कोरियामा आयोजना हुने ३०औं बुसानमा प्रिमियर हुने

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

भदौ १५, काठमाडौँ ।  नेपाली लघु चलचित्र ‘रिहाना’ दक्षिण कोरियामा आयोजना हुने विश्वप्रसिद्ध ३०औं बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर हुने भएको छ। यो वर्षको प्रतिष्ठित महोत्सवमा ‘रिहाना’ एकमात्र नेपाली प्रतिनिधित्व हुने चलचित्र हो।

महोत्सवले सार्वजनिक गरेको सूचनाअनुसार चलचित्रको विशेष प्रदर्शन असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) हुने छ। यसपटक महोत्सवका लागि ३,०५९ चलचित्रहरू पेश गरिएका थिए, जसमा ‘रिहाना’ शीर्ष १० मा पर्न सफल भएको हो।

चलचित्रमा पृथु भट्ट र सृजना अधिकारी मुख्य भूमिकामा देखिनेछन्। उज्वल बास्तकोटी, अभिनाश विक्रम शाह र केदार भुसालद्वारा संयुक्त रूपमा निर्मित यस फिल्मको कार्यकारी निर्माण रोशनी अधिकारीले गरेकी हुन्।

  • न्युज बहार संवाददाता

थप