Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

भदौ १५, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ। भारतीय आयल निगमले मूल्य समायोजन गरी पठाएपछि निगमले खुद्रा मूल्य परिवर्तन गरेको जनाएको छ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाइएको छ भने पेट्रोल र एलपी ग्याँसको खुद्रा मूल्य यथावत् राखिएको छ।

त्यसैगरी, हवाइ इन्धनको मूल्य पनि घटाइएको छ काठमाडौँका लागि आन्तरिक उडानमा प्रति अमेरिकी डलर १ र अन्तर्राष्ट्रिय उडानमा प्रति अमेरिकी डलर ७ ले घटाइएको हो।

निगमले पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाइ इन्धनको ब्रेकइभेन मूल्य निर्धारण गरिएको पनि जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

  • न्युज बहार संवाददाता

थप