चैत २३, काठमाडौँ
। सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउने आदेश दिएको छ
। आज शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र
न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला
अदालतबाट भएको फैसला फरक पर्न सक्ने देखिएकोले प्रत्यर्थी वादी नेपाल सरकारलाई
झिकाउने आदेश दिएको हो ।
अब यसपछी
दुवै पक्षको कानुन व्यवसायीको उपस्थितिमा मिसल प्रमाण हेरी बहस हुने र त्यसपछि
सन्दीप लामिछानेले सफाइ पाउने वा नपाउने सम्बन्धमा निर्णय हुने बताइएको छ ।
- न्युज बहार संवाददाता