चैत १०, काठमाडौँ
। होली पर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा
व्यवस्था मजबुत बनाएको छ। भोली आइतबार अर्थात चैत ११ गते पहाडमा र सोमबार चैत १२ गते तराईका
विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । प्रहरीले होलीको लागि देशभरका सबै ठाउँमा
सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।
शनिबार होली
पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन जिल्ला
प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले आग्रह
गरेका छन । यसैबिच प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध
मजबुत बनाएको जनाएका छन ।
खत्रीका
अनुसार काठमाडौँमा काठमाडौँ परिसरका जनशक्तिहरू र उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा
संयुक्त रूपमा ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ । सम्भावित
घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएको
उनले जनाएका छन ।
- न्युज बहार संवाददाता