Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गृहमन्त्रीको जिम्मेवारी माग गर्दै प्रधानमन्त्री भेट्न पुगेका थिए हर्क साम्पाङ!

  •   १ वर्ष अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई गृहमन्त्रीको जिम्मेवारी माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

स्रोतका अनुसार साम्पाङ बिहान करिब ७ बजे बालुवाटार पुगेका थिए र प्रधानमन्त्रीसँग भेटको लागि अनुमति मागेका थिए। तर सुरक्षाकर्मीहरूले सुरुआतमा उनलाई प्रवेश दिन मानेनन्।

धेरै बेर पर्खिएपछि उनले बारम्बार आग्रह गरेपछि मात्रै सुरक्षाकर्मीहरूले उनलाई बालुवाटारको परिसरभित्र जान दिएका थिए।

साम्पाङ करिब ६ घण्टासम्म — बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म — प्रधानमन्त्री निवासमै कुरेर बसेका थिए। तर प्रधानमन्त्री कार्कीले पहिले नै समय नलिएका व्यक्तिसँग भेट नगर्ने नीति लिएको कारण उनले साम्पाङलाई भेटिनन्।

अन्ततः भेट नभएपछि साम्पाङ फर्किन बाध्य भएका छन्।

  • न्युज बहार संवाददाता

थप