साउन १६, काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य अभिनित फिल्म 'हरिबहादुरको जुत्ता' को पहिलो पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक
पोस्टरमा कलाकार आचार्यलाई सिङ्गल रूपमा प्रस्तुत गरिएको छ। उक्त पोस्टरले फिल्ममा
रहेको उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको
हरिबहादुर पात्रलाई झल्को दिने पोस्टर तयार गरिएको छ ।
फिल्ममा
हरिवंश आचार्य, प्रकाश
सपुत, स्वस्तिमा
खड्का, हरिहर
शर्मा, प्रियङ्का कार्की, किरण केसी, दिव्य देव, दिनेश काफ्ले, राजाराम पौडेल, कमलमणि नेपाल लगायतका कलाकारको
अभिनय छ।
दसैँको फूलपाती
(असोज १३) गतेबाट दीपेन्द्र के खनाल निर्देशित फिल्म प्रदर्शनमा आउंदैछ।
- न्युज बहार संवाददाता