माघ २५, काठमाडौँ । अब मधेश प्रदेश र कोशी
प्रदेशमा पनि इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ ।
१ फागुनदेखि प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ । यसअघि नै अन्य प्रदेश कार्यालयमा भने यो व्यवस्था लागु भइसकेको छ ।
बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले कोशी प्रदेश र मधेश प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो ।
- न्युज बहार संवाददाता