चैत १७, काठमाडौँ । आज ललितपुर र काठमाडौँका विभिन्न स्थानमा
२ देखि ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको
छ ।
प्राधिकरणका
अनुसार आज काठमाडौँमा बाँसबारी, महाराजगञ्ज, मन्डिखाटार, गोल्फुटार लगायत महाराजगञ्ज वितरण केन्द्रको मन्डिखाटार
महाराजगंज फिडर १ अन्तर्गत पर्ने स्थानहरूमा २ घन्टा बिजुली काटिने छ।
आज बिहान
१० बजेदेखि मध्याह्न १२ बजेसम्म त्यहाँ ट्रान्सफर्मर अपग्रेडलगायतका काम गर्नका
लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले त्यस फिडरअन्तर्गतका क्षेत्रमा बिजुली
काटिने प्राधिकरणले जानकारी दिएको हो ।
त्यसैगरी
प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन कुमारीपाटी, हस्पिटल, ए.भी.एम चोक मानभवन
लगायतका
क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने छ ।
प्राधिकरणले
ती क्षेत्रहरूमा विद्युत् कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले लाइन सटडाउन
गर्नुपर्ने कारणले लाइन काटिने जानकारी दिएको छ।
- न्युज बहार संवाददाता