फागुन ७, काठमडौँ । तनहुँमा जन्ती बोकेको बस दुर्घटना भएको छ । तनहुँको
आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना भएको हो
। दुर्घटनामा दुई जनाको मृत्यु समेत भएको छ।
जन्ती
लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा आइतबार
राति साढे १२ बजे दुर्घटनाग्रस्त बनेको हो।
एक जनाको
घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार
बिहान ३ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी
मोहनबहादुर खाँडले जनाएका छन ।
प्रारम्भिक अनुसन्धान अनुसार जिप अनियन्त्रित भई सडकबाट तल खसेको देखिएको
बताए डिएसपी खाँडले जनाएका छन ।
उक्त दुर्घटनामा
चालकसहित १६ जना घाइते भएका छन् ।
- न्युज बहार संवाददाता