Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बहादुरसिंह लामाले गुमाए संसदीय दलमा विश्वास

  •   १ वर्ष अघि | १४ साउन २०८२, मङ्लबार

साउन १३, हेटौँडा । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । मंगलबार बागमती प्रदेशअन्तर्गत संसदीय दलमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेका अनुसार दलको नयाँ नेताका लागि प्रस्ताव गरिएका इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत परेको छ भने लामाको पक्षमा १५ मत मात्र परेको हो । लामाले यो सँगै संसदीय दलको नेताबाट विश्वास गुमाएका छन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई अब राजीनामा दिएर यससँगै मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ।

  • न्युज बहार संवाददाता

थप