Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङको निसीखोलामा बस दुर्घटना कम्तीमा ६ जनाको मृत्यु

  •   ३ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ  । मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ आउँदै गरेको रात्रिबस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको जनकारी प्राप्त भएको छ ।

बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलका अनुसार २५ जनाभन्दा बढी बस दुर्घटनामा परेर घाइते भएका छन ।

बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ आउँदै गर्दा बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने जनाएको छ । बागलुङ प्रहरी प्रमुख एसपी कँडेलले अहिले पनि उद्धार कार्य जारी रहेको बताए। 

बसमा कति जना थिए भन्ने पनि यकिन हुन भने सकेको छैन । 

  • न्युज बहार संवाददाता

थप