Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सलिन र म बिचका बजारमा चलेका हल्ला सबै असत्य हुन : नम्रता श्रेष्ठ

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

भदौ १७, काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई अभिनेता सलिनमान बनियाले राति एयरपोर्टमा रिसिभ गर्न गएको घटनाले केही समय सामाजिक सञ्जाल र मिडियामा चर्चा पाएको थियो। यसपछि यी दुईबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीसमेत फैलिएको थियो।

तर, हालै एक कार्यक्रममा बोल्दै नम्रताले यी गसिपहरू असत्य भएको स्पष्ट गरेकी छन्। उनले भनिन्, "यस्ता हल्ला न मेरो तर्फबाट आएका हुन्, न त उहाँको तर्फबाट। सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाइएको हो।"

नम्रताका अनुसार, त्यो दिन एक जना साथीको जन्मदिन परेको थियो र उनको फ्लाइट ढिला भएको कारण सलिनमान उनलाई लिन एयरपोर्ट गएका थिए। उनले थपिन्, "फ्लाइट साँढे ८ मा ल्यान्ड हुने भनिएको थियो, तर १० बज्यो। उहाँ कुरेर बस्नुभएको थियो। त्यसैलाई लिएर अफेयरको खबर बनाइयो, जुन देख्दा मलाई दुःख लाग्यो।"

नम्रताले आफू र सलिनमान एकदम मिल्ने साथी भएको बताउँदै, छिट्टै सार्वजनिक हुन लागेको फिल्मका कारण फेरि सँगै देखिन सक्ने जानकारी पनि दिइन्। उनले जोड दिँदै भनिन्, "त्यसमा हामीलाई अफेयरको रूपमा हेर्नु आवश्यक छैन।"

  • न्युज बहार संवाददाता

थप