Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन सम्पूर्ण शक्ति प्रयोग गरिनेछ : प्रधानमन्त्री

  •   १ वर्ष अघि | ८ साउन २०८२, बुधबार

साउन ७, काठमाडौँ । तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने ‘यो सरकार राष्ट्रका सामु देखापरेका चुनौतीहरूको सामना गर्न लागेको छ, स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ भने अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई–मधेस सुक्खा समस्याले ग्रस्त छ र यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ।’

  • न्युज बहार संवाददाता

थप