फागुन २०, काठमाडौँ । पोष्टमार्टम रिपोर्टले
१४ वर्षीया शालिन पोखरेलको मृत्युको कारण ‘ह्याङ्गिङ’ अर्थात झुण्डिएको भन्ने देखाएको
छ । पोष्टमार्टम रिपोर्ट अनुसार चितवन जिल्लाको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको होस्टेलमा
मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको देखिएको हो ।
चिकित्सकहरुले
काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम
जाँचको प्रतिवेदन आइतबार तयार गरेका हुन । उक्त पोष्टमार्टम जाँचको प्रतिवेदनमा शालिनको
झुण्डिएकै कारण मृत्यु भएको उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी शव परीक्षणबाट शालिनको
बलात्कार भएको पनि नदेखिएको पोष्टमार्टम रिपोर्टले जनाएको छ । पोस्टमार्टममा संलग्न एक
जना चिकित्सकका अनुसार बलात्कार पुष्टि नभएको तथा १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको
पोष्टमार्टमाबाट खुलेको हो ।
- न्युज बहार संवाददाता