Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानमा २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन

  •   १ वर्ष अघि | ९ साउन २०८२, बिहिबार

साउन ८, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानमा २७ लाख ५० हजार ६ सय ७७ हस्ताक्षर सङ्कलन भएको छ । गत असार ७ गतेबाट रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।

यस अभियानमा मधेस प्रदेशबाट १ लाख ४ हजार ३ सय ६०, कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय ६ हस्ताक्षर सङ्कलन गरिएको छ । 

त्यसैगरी बागमती प्रदेशबाट सबै भन्दा धेरै ७ लाख १३ हजार ३ सय ३१ हस्ताक्षर सङ्कलन गरिएको छ । लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१, सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ र कर्णाली प्रदेशबाट  ७२ हजार १ सय ४२ हस्ताक्षर सङ्कलन गरिएको छ ।

यसमा ह्वास्टएप मार्फत ७ लाख ५ सय ५२ र इमेल मार्फत ८३ हजार ५ सय ६६ हस्ताक्षर सङ्कलन गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप