फागुन
२३, काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध आज मंगलबार रिट दर्ता भएको छ।
सर्वोच्चका
सहायक प्रवक्ता देवेन्द्र राज ढकालले अधिवक्ता ज्ञानेन्द्र आरनले दिएको रिट
मंगलबार दर्ता भएको जानकारी दिएका छन। अर्का निवेदक कल्याण बुढाथोकीको रिट भने
दर्ता प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ।
अधिवक्ता
ज्ञानेन्द्र आरन र निवेदक कल्याण बुढाथोकी द्वन्द्वकालीन मुद्दालाई लिएर
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै सर्वोच्च
अदालत गएका हुन्।
न्यायाधीश
ईश्वर खतिवडा र हरिकृष्ण फुयाँलको इजलासले शुक्रबार प्रचण्ड विरूद्ध दुई जना
निवेदकले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।
प्रचण्डले
२०७६ सालको माघी पर्वको अवसरमा
काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको
भनिएको रत्यो कुरा सत्य नभएको बताएका थिए। भाषणका क्रममा माओवादी सशस्त्र द्वन्द्वमा १७ हजार मारिएको भनिए पनि त्यो
तथ्यांक गलत भएको भन्दै उनले ५ हजार मृतकको मात्र जिम्मा लिन सक्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका अहिलेका प्रधानमन्त्रीले बताएका थिए।
उक्त
भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको दुई निवेदकको रिट आज सर्वोच्च
अदालतमा दर्ता भएको हो।
- न्युज बहार संवाददाता