Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बुधबारको प्रतिनिधी सभा बैठकमा के के हुदै छ ?

गृहमन्त्री नियुक्त गर्न संसदबाटै दबाब ।

  •   ४ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार


फागुन ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री नियुक्त गर्न सांसदहरुले संसदबाटै दबाब दिएका छन्।

काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन प्रदर्शनको आडमा लोत्से मलमा भएको लुटपाट अनि तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै सांसदहरूले गृहमन्त्री नियुक्तिको माग राखेका हुन् । ज्ञानेन्द्रबहादुर शाही राष्ट्रिय प्रजातान्त्रीक पार्टीका प्रमुख सचेतकले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजक स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् ।  

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वातन्त्र पार्टीका सांसद शिशिर खनाल नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, लगायत अन्य सांसदहरुले पनि गृहमन्त्री छिटो भन्दा छिटो नियुक्त गर्नु पर्ने माग राखेका छन । साथै  यता रास्वपाका सभापति को कुरामा नेपाली कांग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन् । त्यस्तै बुधबारको बैठकमा धेरै जसो सांसदहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको अराजक हरकतको विषयलाई आजको सांसद बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन । 

थप