फागुन
२३,काठमाडौँ। मुस्ताङमा युनिभर्सिटी नभएर कलेज खोल्ने चर्चा
पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ट पारेका छन्। आज मंगलबार काठमाडौँमा सोलुखोला
दुधकोशी जलविद्युत परियोजना शुभारम्भ गर्दै प्रधानमन्त्रीले मुस्ताङको चर्चा
परिचर्चा हुनुमा त्यहाँ भएको खनिज पदार्थ कारण रहेको बताए।
उनले
भने ‘अहिले
मुस्ताङको विषयलाई लिएर बडो चर्चा भइरहेको छ। मुस्ताङमा युनिभर्सिटी खोल्ने रे!
मुस्ताङमा अलि धेरै मान्छेको ध्यान गइरहेको छ। मुस्ताङको बारेमा अहिले मात्र हैन धेरै
पहिलेदेखिनै चर्चा पनि हुने गरेको छ।’
प्रधानमन्त्री अगाडि भन्छन ‘मुस्ताङकै विषयमा हिजोआज एउटा अर्को चर्चा भएको पनि हामीले सुनिरहेका छौँ। मुस्ताङमा बुद्धिष्ट युनिभर्सिटी खोल्ने बारेमा। त्यहाँका स्थानीय तहबाट युनिभर्सिटी भन्दा पनि कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भइरहेको छ। तर नेपाल सरकारले स्वीकृति दिइसकेको छैन।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर जे भएपनि मुस्ताङको यति धेरै चर्चा किन भयो ?’ उनले यसबारे आफूले कसैलाई आरोप र प्रत्यारोप गर्न नखोजेको भन्दै मुस्ताङको चर्चा हुनेवित्तिकै सबै नेपालीहरु संवेदनशील हुने गरेको बताएका छन।
सरकारले मुस्ताङमा युनिभर्सिटी खोल्न दिएर विदेशीलाई खुसी पार्न लागेको आशय यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका थिए।
- न्युज बहार संवाददाता