वैशाख ३०, काठमाडौँ । जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लगाएका छन् ।
सांसद
परियारले आजको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई
लुकाउन खोजिएको छ, हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका
छौँ।’
विभेद
छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप सांसद परियारले लगाएका छन
। उनका अनुसार राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेका
छैन । परियारले समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच
सम्बन्ध बलियो हुन नसकेको दाबी समेत गरेका छन ।
- न्युज बहार संवाददाता