साउन ६, काठमाडौँ। संसदका दुई ठूला दल
मिलेर बनेको दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार
गर्न नसकेको पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन
बताएका छन् ।
आज मंगलबार
कृषि विकास बैंक कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रममा पुनले सरकारले
अर्थतन्त्र सुधारका लागि काम नगरेको र यसका कारण अर्थतन्त्र चलायमान हुन नसकेको
बताएका हुन।
उनको भनाइ अनुसार
आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौतीको सामना गर्ने गरी नीति
कार्यक्रम ल्याइएको छैन ।
पुनले भने, ‘दुई तिहाइको सरकारले आर्थिक
क्षेत्रमा आशा जगाउने सकेन । दुई तिहाइको सरकार बन्नु आफैंमा विशिष्ट अवस्था हो, संख्यात्मक
रुपमा यति बलियो सरकारले वित्त नीति राम्रो ल्याउन सकेन,
वित्त नीति
नै राम्रो नआएपछि मौद्रिक नीतिले धेरै गर्न सक्दैनथ्यो, तर, गभर्नरले तुलनात्मक रुपमा मौद्रिक
नीतिरुपमा राम्रो ल्याउनुभएको छ।’
- न्युज बहार संवाददाता