फागुन १६, काठमाडौँ । आज राष्ट्रपति निर्वाचन प्रक्रिया
अन्तरगत उम्मेदवारी फिर्ता लिने समय हो। राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्न
नचाहने उम्मेदवारहरुले आज मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था छ।
आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि निर्धारण गरिएको निर्वाचन आयोगले बताएको छ।
राष्ट्रपति पदको निर्वाचनका लागि आगामी २५ गते हुने चुनाबमा नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले आज उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आज साँझ ५ बजे नै अन्तिम नामावली प्रकाशित गर्ने जानकारी दिएकी छन।
- न्युज बहार संवाददाता