फागुन १३, काठमाडौँ । आज शनिबार राष्ट्रपति निर्वाचन
प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले यसअघि
हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । फागुन २५ गते
हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अन्तिम उम्मेदवारी
दर्ता हुँदैछ। नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद्
भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० आज देखि अपराह्न
३ बजेसम्म उम्मेदवारको नाम दर्ता गर्ने
कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छिन । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन दर्ता स्थल
तोकिएको छ ।
कानुनी
व्यवस्था अनुसार राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक
हुनुपर्ने छ। राष्ट्रपति पदको निर्वाचनका लागि मुलुकको राष्ट्राध्यक्षका रूपमा व्यक्ती
छान्नको लागी यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।
सोही दिन
अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिसक्ने
निर्वाचन आयोगको तयारी छ । नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको
उम्मेदवार बन्ने पक्कापक्की भएको छ।
प्रधानमन्त्रीको
सरकारी निवासमा शुक्रबार साँझ बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस
उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्।