फागुन
२९, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र
पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गरेसँगै शीतल निवास छाड्ने भएकी छन्। आज सोमबार राष्ट्रपतिको कार्यालयले नवनिर्वाचित
राष्ट्रपति रामचन्द्र पौडेललको शपथ ग्रहण समारोह दिउँसो १ बजेको लागि तय गरेको छ।
राष्ट्रपति
विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ‘दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ
भएकाले २ बजे भित्रमा विद्यादेवी भण्डारीले शीतल निवास छोडिसक्नुहुन्छ।’ आइतबार औपचारिक रूपमा राष्ट्रपति
विद्यादेवी भण्डारीलाई बिदाइ समेत गरिसकिएको छ।
आज
भण्डारी शीतलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारी गरेपछि
त्यहाँ सुरक्षा लगायतका अन्य सुविधाको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ।
- न्युज बहार संवाददाता