फागुन १४, काठमाडौँ। जनयुद्धका
सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका
छन् । बेपत्ता योद्धाका र जनयुद्धका
सहिद परिवारहरूसँगको अन्तरक्रियामा कार्यक्रमा आइतबार बिहान प्रधानमन्त्रीले नेपालको राजनीतिक
परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा
गर्ने तयारी भइरहेको बताएका हन् ।
जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस आइतबार आज नै भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ ।’