फागुन २९, काठमाडौँ। आफ्नो
पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
रवि लामिछानेले बताएका छन्।
सोमबार चितवनमा
पत्रकारहरुसँग कुरा गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको
बताएका छन। लामिछानेले भने, ‘सरकारमा
जाने तयारी भन्ने होइन, परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’
सभापति
लामिछानेले रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक
घटनाक्रम नियाल्दै गरेको बताउँदै आएका छन। आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती
चरणमा रहेको पनि उनले जानकारी दिएका छन। सरकारलाई दिएको समर्थन फिर्ता नलिएको
अवस्थामा भने अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो।
लामिछानेले
आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरू गरेको जानकारी
दिएका छन।
- न्युज बहार संवाददाता