फागुन १४, हेटौंडा । बागमति प्रदेशका मुख्यमन्त्री
शालिकराम जमकट्टेललाई राप्रपाका बागमती प्रदेशका मन्त्रीहरुले संयुक्तरूपमा
राजीनामा बुझाएका छन् । हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर शनिबार नै राति साढे आठ
बजे राप्रपाका तीनै जना मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् ।
संयुक्त
रुपमा बुझाइएको राजीनामा पत्रमा लेखिएको छ, ‘हालै विकसित राजनैतिक घटना क्रमका कारण
हामी तीनै जना मन्त्रीहरुले संयुक्तरुपमा राजिनामा पेश गर्दछौं र हाम्रो राष्ट्रिय
प्रजातन्त्र पार्टीले यस (तपाईंको) नेतृत्वमा रहेको सरकारलाई दिंदै आएको
समर्थनसमेत आजैका मितिबाट फिर्ता लिएको घोषणा गराउँदछौं ।’ शनिबार दिउँसो नै यता संघमा राप्रपाले
सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । संघका
मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।
बागमती
प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री ,उद्धव थापा
खानेपानी, ऊर्जा तथा
सिंचाइ मन्त्री, र वन तथा
वातावरण राजु बिष्ट मन्त्री रहेका थिए ।