Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कार्तिक १० गते शनिबार माओवादी केन्द्रले जनप्रदर्शन र खबरदारी सभा गर्ने

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

कात्तिक ६, काठमाडौँ । काठमाडौँमा कार्तिक १० गते नेकपा (माओवादी केन्द्र)ले जनप्रदर्शन र खबरदारी सभा गर्ने जनाएको छ । माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउनका लागि काठमाडौँको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गर्न लागिएको हो ।

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै खबरदारी सभा गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको जानकारी गराएका हुन ।

उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई यही बैठक मार्फत निर्देशन पनि दिएका छन । 

  • न्युज बहार संवाददाता

थप