फागुन २८,काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन
अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुदै छ । निर्वाचन आयोगले उम्मेदवारविरुद्ध
परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनकारी दिएको छ ।
यसअघि हिजो उपराष्ट्रपति पदका लागी उम्मेदवारी दर्ता लगतै जनता समाजवादी पार्टीबाट
उपराष्ट्रपति पदका लगी उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरुद्ध उजुरी
परेको थियो।
उपराष्ट्रपति
पदमा उम्मेदवार दिनेमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार छन।
जसपा
संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी जसपाबाट दर्ता
भएको छ भने एमालेको तर्फबाट अष्टलक्ष्मी
शाक्यको पनि उम्मेदवारी दर्ता भएको छ। आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ
।
- न्युज बहार संवाददाता