Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘वर्तमान सरकार संकटमा पर्दैन, रास्वपाले गृहमन्त्रालय पाँउछ’ केपी ओली।

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने

  •   ४ वर्ष अघि | १९ माघ २०७९, बिहिबार

माघ १९, काठमाडौं । विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन ‘यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने छ र पाँउछ । उनि अगाडि थप्छन ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए पनि वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको उनले बताएका छन। त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको उनको भनाइ छ ।

आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले जानकारी दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनले बताएका छन ।प्रधानमन्त्री दाहालले  ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नको उत्तरमा एमाले अध्यक्ष ओलीले ठटैउली पारामा यस्तो जवाफ दिएका छन ‘यसमा पूर्णपाठ चाहिदैन, पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र’? 


थप