फागुन २५, काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना भर्खरैबाट सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनको लोत्सेअलमा भएको मतदान सकिएसँगै संसद् भवनकै स्काईलाइट हलमा मतगणना सुरु भएको हो।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको दौडमा रहेका छन्।
मतपरिणाम केही घन्टामै सार्वजनिक गरेर विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले बताएको छ।
- न्युज बहार संवाददाता