Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछानेविरूद्धको मुद्दामा थुनछेक बहस सकियो

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

माघ १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएको छ।

सरकारी वकिल, लामिछानेका कानुन व्यवसायीहरू र जाहेरवाला पक्षका वकिलले आज जबाफी बहस गरेका हुन्।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र रमणकुमार कर्णले न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जबाफी बहस गरेका छन ।

बहस सकिएकोले अब केहीबेरमा थुनछेक आदेश आउन सक्नेछ । आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा राख्ने मध्ये एक हुन सक्नेछ।

  • न्युज बहार संवाददाता

थप