फागुन १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)को राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय
बैठक पार्टी कार्यालय बसुन्धारा जारी छ । पार्टीका नेताहरुले आउँदै
गरेको राष्ट्रपतिको
निर्वाचनमा कुन पार्टीको उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आज निर्णय
लिने सो बताएका छन्।
बैठकले सरकारलाई
दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि निर्णय गर्ने बताइएको छ । रवि लामिछानेको नागरिकता विवादपछि उनी तत्काल
उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । रास्वपा त्यसलगत्तै सरकारबाट
फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन भने फिर्ता नलिनेभन्ने निर्णय
गरेकोले समर्थन अहिलेसम्म कायम छ ।