Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राप्रपाको प्रदर्शन सकियो, पक्राउपरेका नेताहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखियो

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

बैशाख ७, काठमाडौँ । आइतबार राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा गरिएको प्रदर्शन सकिएको छ । राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । 

बिजुली बजारमा भेला भएर राप्रपाका नेता कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा सुरु भएको थियो । कार्यकर्ताहरु बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर प्रदर्शनमा गरेका थिए। 

अर्को तर्फ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालयमा  भेला भएर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । उनीहरूले सिंहदरबारभित्रै पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही र उपाध्यक्ष बुद्धिमान तामाङलाई नियन्त्रणमा लिएको छ । अध्यक्ष लिङ्देन सहितका नेताहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । 

  • न्युज बहार संवाददाता

थप