चैत १५, काठमाडौँ । सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् ।
सबै
प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने लिङ्देनले बताएका छन । यस विषयमा उनले भने ‘जसले जे प्रयोजनमा हिंसालाई
प्रयोग गरेपनि त्यसको विपक्षमा छ, राप्रपा, म आजको घटनाप्रति दुःख व्यक्त
गर्दछु ।’
उनले दुवै
पक्षले वार्ताको माध्यमलाई उपयोग गर्नुपर्ने सुझाव दिएका छन । उनले भने ‘सबै पक्षलाई संयमता अपनाउन र
सम्वादको बाटोबाट समाधान गर्न अपिल गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली र
घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्छु ।’
- न्युज बहार संवाददाता